सुर्खेतमा जीप दुर्घटना हुँदा नौ जना घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सुर्खेतमा जीप दुर्घटना हुँदा नौ जना घाइते

accident

सुर्खेत, ८ साउन । सुर्खेतको सिम्ता गाउँपालिका–६ गजौडामा जीप दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । ‘ब्रेक फेल’ भएर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । जीप सडकदेखि १५ मिटर तल खसेकोे छ । तीव्र गतिमा रहेको जीपको ब्रेक फेल हुँदा उक्त दुर्घटना भएको हो । जीप चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपालगन्जबाट जाजरकोट जाँदै गरेको भे१ज ७७२ नंको सनराइज यातायातको जीप आज दिउँसो दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते हुनेहरूमा सल्यानको कुमाख गाउँपालिका–५ की  विष्णुकुमारी शाही, पूजा बुढाथोकी, राप्ती सोनारी गाउँपालिका–२ बाँकेका दीपक सेन, कुशे गाउँपालिका–५ जाजरकोटकी प्रमाकुमारी रोकाय, बारेकोट गाउँपालिका–६ की हरिकला रोकाय, मीनप्रसाद महतारा, उनका छोरा दुई वर्षीय आयुस महतारा, चार वर्षीया छोरी मानवी महतरा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक कवि सेञ्चुरीले जानकारी दिए । घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);