बाजुरामा गरिब परिचय पत्र वितरण सुरु | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०७९, शनिबार

बाजुरामा गरिब परिचय पत्र वितरण सुरु

garib parichayapatra

बाजुरा, ८ साउन । बाजुरामा गरिब घरपरिवारलाई परिचय पत्र वितरण गर्न सुरु गरिएको छ । जिल्ला समन्वय समिति बाजुराले स्थानीय तहका प्रशासकीय अधिकृतहरूको टोलीलाई गरिब घरपरिवारलाई परिचय पत्र वितरण गर्न खटाएको छ ।

जिल्लाका ९ वटै स्थानीय तहमा परिचयपत्र वितरणका लागि कर्मचारीहरु गाउँगाउँमा पुगेका छन् । टोलीले नगरपालिकातर्फ ७ हजार र गाउँपालिकातर्फ ६ हजार गरि झण्डै १३ हजारलाई गरिब परिचयपत्र वितरण गर्ने छ ।

गरिब घरधुरी पहिचान तथा परिचयपत्र तिन किसिमको रहेको छ । अति गरिबलाई रातो, मध्येमलाई पहेँलो र सामान्यलाई निलो रंगको परिचयपत्र वितरण गरिने छ ।