राष्ट्रिय परिचयपत्रका लागि प्रधानमन्त्रीको नाम दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रिय परिचयपत्रका लागि प्रधानमन्त्रीको नाम दर्ता

kp oli pm

काठमाडौं, २६ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय परिचयपत्रका लागि नाम दर्ता गराएका छन् । राष्ट्रिय परिचयपत्र वितरण अभियान थालेको गृहमन्त्रालयले प्रधानमन्त्री ओलीको विवरण संकलन गरेर ३ बर्षे अभियानलाई थप महत्व दिएका छन् ।

प्रधानमन्त्री ओलीको नाम प्रधानमन्त्री निवास वालुवाटारमै गएर गृह मन्त्रालयका कर्मचारीहरुले नामावली संकलन गरेको छ । नामावली दर्तापछि बोल्दै प्रधानमन्त्री ओलीले सरकारले सुरु गरेको परिचय पत्र वितरण कार्य आम नागरिकको तथ्य, तथ्याङ्क र जानकारी सरकारले राख्न र नागरिकको सुरक्षा र हितका लागि भएको बताए ।

ओलीसंगै पत्नी राधिका शाक्यको पनि राष्ट्रिय परिचय पत्रका लागि नाम दर्ता गरिएको छ । सिंहदरबारमा कार्यरत कर्मचारीको नामावली दर्ता गत सातादेखि नै सुरु गरिएको छ ।

राष्ट्रिय परिचयपत्र वितरण अभियान प्रधानमन्त्री कार्यालयमा कार्यरत कर्मचारीबाटै सुरु गरिएको हो । राष्ट्रिय परिचयपत्र वितरण कार्य अन्र्तगत पहिलो चरणमा सिंहदरबारमा कार्यरत ७ हजार कर्मचारी र ताप्लेजुङ जिल्लाका १ लाख १० हजार नागरिक गरी जम्मा १ लाख १७ हजारलाई वितरण गर्ने गृह मन्त्रालयले जानकारी दिएको छ ।

नेपालको संविधान २०७२ को धारा १५ र ५१ ले परिकल्पना गरे अनुरुप राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरेको मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले राष्ट्रिय परिचयपत्र वितरणका लागि सिंहदरबार भित्र ५ वटा र ताप्लेजुङमा १९ वटा स्टेसन राखेको जानकारी दिएको छ ।

त्यस्तै आगामी ३ वर्ष भित्रमा ७७ वटै जिल्लाका नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सवै नेपालीको बायोमेट्रिक तथा वैयक्तिक विवरणलाई सुरक्षित राख्ने तथा सरकारी सेवालाई प्रभावकारी बनाउने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आगामी कात्तिक दोस्रो सातादेखि अन्य जिल्लाहरुका नागरिकलाई पनि परिचय पत्र वितरण गर्ने काम सुरु गर्ने जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);