राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य धमाधम | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य धमाधम

खोटाङ , १४ चैत । दश स्थानीय तह रहेको खोटाङमा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कार्य धमाधम भईरहेको छ ।

हरेक नेपालीको जैवीक र व्यक्तिगत विवरणलाई सुरक्षीत गर्दै आधिकारिक रूपमा संकलन गरी बहुउपयोगी र आधुनिक प्रविधियुक्त राष्ट्रिय परिचयपत्र वितरण गर्ने उद्देश्य रहेको छ ।

परिचय पत्रमा नागरिकको जैवीक विवरणमा १० वटै हातको औठा छाप र तस्वीर हुने छ । व्यक्तीगत विवरणमा नाम, थर, ठेगाना र लिंग रहनेछ । जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परीचय पत्रको विवरण भर्नेको भीड लाग्ने गरेको छ ।

माघ १५ बाट सुरु भएको राष्ट्रिय परिचयपत्र विवरण संकलन अभियान आगामी बैशाख १५ सम्ममा सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्म ८ वटा गाउँपालिका र २ वटा नगरपालिका गरी १० स्थानीय तह मध्ये ३ वटा गाउँपालिका र एउटा नगरपालिकामा राष्ट्रिय परिचयपत्र विवरण संकलन भईसकेको छ ।

निर्वाचन आयोगमा रहेको मतदाता नामावालिको विवरण र नेपाली नागरिकतालाई आधार बनाएर त्यसको साथमा अन्य आफुले चाहेको कागजात समेत समावेश गर्न सकीने राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्र ५ वर्ष भित्रमा देशैभरी वितरण गर्ने लक्ष्य राखिएको छ । नागरिकता प्राप्त गरेका सबै नागरीकलाई परिचयपत्र वितरण गरिनेछ । परिचयपत्रकालागि फ्रान्सको सफरान आइडीटीले ठेक्का पाएको छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);