निर्मला हत्याकाण्ड : एआईजी बस्नेत सहितको टोलीद्वारा उखुबारीको निरीक्षण | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

निर्मला हत्याकाण्ड : एआईजी बस्नेत सहितको टोलीद्वारा उखुबारीको निरीक्षण

कञ्चनपुर, २६ असोज । कञ्चनपुरकी १३ बर्षिया वालिका निर्मला पन्तको बलात्कार पछि हत्याकाण्डमा छानबिन गर्न बनेको एआइजी धिरु बस्नेत नेतृत्वको उच्चस्तरिय छानबीन समितिले घटनास्थलको स्थलगत अध्ययन गरेको छ ।

समिति गठन भएको २६ दिन पछि पहिलो पटक समितिका संयोजक धिरु बस्नेत घटनास्थल पुगेका हुन् । घटना स्थल पुगेका एआईजी बस्न्यातले निर्मला पन्तको शव फेला परेको स्थानको समेत स्थलगत निरीक्षण गरेका छन् ।

सुदूरपश्चिम प्रदेश र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी अधिकृतको टोली सहित शव फेला परेको उखुबारीमा एआईजी बस्नेतले निरीक्षण गरेका हुन् । निर्मलाको किताब, साईकल र शव फेला परेकै स्थानमा एआईजी बस्नेतले स्थलगत अध्ययन गरेका हुन् ।

बस्नेतले निर्मलाको बलात्कार पछि हत्याकाण्डमा सबै विषय र क्षेत्रसंग भेटघाट गर्ने कार्यक्रम रहेको प्रहरीले जनाएको छ । टोलीले शुक्रबारै सुरक्षा निकायसंग पनि छलफल गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);