निर्मलाकाे बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

निर्मलाकाे बलात्कारपछि हत्या गर्ने अभियुक्त सार्वजनिक

पुष्कर भट्ट

कञ्चनपुर, ४ भदौ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको २६ दिनपछि अभियुक्त पक्राउ परेका छन् ।

हत्या अभियोगका मुख्य अभियुक्त  भिमदत्त नगरपालिका-१९ का दिलिप सिंह विष्टलाई प्रहरीले सोमबार पक्राउ गरी सार्वजनिक गरेको छ ।  अभियुक्त दिलिप सिंहले कर्तब्य ज्यान मुद्धामा ९ वर्ष जेल सजाय भोगेका थिए ।

गत साउन १० गते घरबाट निस्केर साथीको घर पढ्न गएकी निर्मला साइकलमा फर्किदै गर्दा बाटोमा चेन बिग्रेको र चेन बनाइदिने निहुँमा दीलिपले बलात्कार गरेको प्रहरीको भनाइ छ ।

बलात्कारको प्रतिकार गरी निर्मला चिच्याउँदा पोल खुल्ने डरले दीलिपले घाटी थिचेर हत्या गरेको अनुसन्धानको क्रममा दीलिपले बताएको प्रहरीले जनाएको छ ।

साथीको घरमा पढेर फर्केकी निर्मलाको शव भीमदत्त नगरपालिकाको वडा नम्बर १८ र २ को सिमानामा पर्ने निम्बुखेडा खोलाको पूर्व उत्तरतर्फको उखुबारीमा फेला परेको थियो । पक्राउ परेका विष्टलाई सोमबार नै अदालतमा उपस्थित गराइएको छ ।

निर्मलाको हत्या भएको २६ दिन पुगिसक्दा पनि हत्यारा पत्ता नलागेको भन्दै अभिभावक, आमा समुह, महिला अधिकारकर्मी र नागरिक समाजले आन्दोलन जारी राखेका थिए ।

आइतबार ४ घण्टा रिले अनसन बसेका महिला अधिकारकर्मी र नागरिक समाजले सोमबार देखि प्रसाशनको मुल गेटमा टेण्ट राखेर रिले अनसन सुरु गरेका थिए । उनीहरुले हत्यारा सार्वजनिक नगरेसम्म आन्दोलन जारी राख्ने बताएका थिए। निर्मला हत्याकाण्ड अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान व्यूरोको टोली नै खटिएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);