कञ्चनपुरकी निर्मला पन्त हत्याका अभियुक्त दिलिप सिंह बिष्ट पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

कञ्चनपुरकी निर्मला पन्त हत्याका अभियुक्त दिलिप सिंह बिष्ट पक्राउ

rape kesh pakarau

कञ्चनपुर, ५ भदौ । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया निर्मला पन्त हत्याका अभियुक्त दिलिप सिंह बिष्ट पक्राउ परेका छन् ।

अभियुक्त बिष्टलाई कञ्चनपुर जिल्ला अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न म्याद दिएको छ । प्रहरीका अनुसार निर्मला साथीको घरबाट फर्कने क्रममा साइकलको चेन बिग्रिएको र चेन बनाइदिने बहानामा जवरजस्ती नजिकैको उखुबारीमा लगेर बलात्कार गरेको जनाइएको छ । बलात्कारपछि पक्राउ पर्ने डरले घाँटी थिचेर निर्मलाको हत्या गरेको बिष्टको बयान छ ।

निर्मला लाई हत्या गर्ने बिष्ट यसअघि आफ्नै भिनाजुको हत्या घटनामा पनि ९ वर्ष जेल बसेका थिए । प्रहरीले घटनास्थलनजिकै उनलाई शंकास्पद अवस्थामा भेटे पछि पक्राउ गरी सोधपुछ गर्दा २५ दिनपछि हत्याको रहस्य खुलेको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);