१३ बर्षीया बालिकाको सामूहिक बलात्कार भएको आशंका | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

१३ बर्षीया बालिकाको सामूहिक बलात्कार भएको आशंका

rape

पुष्कर भट्ट
कञ्चनपुर, ११ साउन
। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ बर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । बालिकाको सामूहिक बलात्कार भएको भन्दै स्थानीयले छानबिन गरि दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ महुलियाकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको हो । बिहिबार दिउँसो साथी रोशनी बमको घरबाट होमवर्क गरेर घर फर्किरहेकी निर्मला शुक्रबार बिहान उखुवारीमा मृत अवस्थामा फेला परेकी हुन् । स्थानीय सरस्वती माध्यामिक विद्यालयको कक्षा ९ मा अध्ययनरत पन्तको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

निम्बु खोला सडकमा निर्मलाको साईकल, कापी फेला परेपछि स्थानीयले खोला नजिकै रहेको उखुबारीमा शव भेटिएका थिए । शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । उखुबारीमा फेला परेकी निर्मलाको सामूहिक बलात्कार भएको भन्दै स्थानीयले छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान भईरहेको जनाएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनलाई पक्राउ गरेपनि नाम सार्वजनिक गरेको छैन ।

बलात्कारको घटनापछि गाउँ नै स्तब्ध भएको छ । गत असार २६ गते पनि एक १७ बर्षिया बालिकाको बलात्कार पछि हत्या भएको थियो । बलात्कारका घटना बढ्न थालेपछि स्थानिय चिन्तित भएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);