कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या

कञ्चनपुर, ११ साउन । कञ्चनपुरको महेन्द्रनगरमा १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ ।

भीमदत्त नगरपालिका–१८, निम्बुखेडाकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको हो । पन्तको आफ्नै घरनजिक उखुबारीमा बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । बिहीबार मध्याह्न घरबाट निस्किएकी पन्त साँझसम्म घर नफर्किएपछि परिवारले खोजि गरेका थिए । सडकनजिकै खोला किनारमा साइकल र किताब्–कापी फेला परेपछि नजिकै खोजतलास गर्ने क्रममा शुक्रबार बिहान उखुबारीमा उनको शव भेटिएको हो ।

प्रहरीमा आफन्तले उजुरी दिएपछि शुक्रबार बिहान प्रहरीले एक जना युवकलाई पक्राउ गरेपछि बालिकाको शव भेटिएको हो । बालिका स्थानीय सरस्वती मावि खोल्टीमा कक्षा ९ मा अध्ययनरत थिइन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले घटनाबारे अनुसन्धान अघि बढेको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);