५२ दिनसम्म पाइएन न्याय, देशभर विरोध प्रदर्शन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

५२ दिनसम्म पाइएन न्याय, देशभर विरोध प्रदर्शन जारी

baglung birodh

काठमाडौं, ३१ भदौ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५२ दिन पुगेको छ । तर, अहिलेसम्म निर्मलाको हत्या कसले गरेको हो भन्ने पुष्टि हुन नसक्दा घटना थप उग्र बन्दै गएको छ ।

निर्मलाको हत्यामा उच्चस्तरीय अनुसन्धान कमिटीले प्रहरीको लापरबाही भएको निष्कर्ष निकालेपछि र अभिभावकले पनि प्रहरीले प्रमाण नष्ट गरेको आरोप लगाएपछि घटनाले नयाँ रुप लिएको हो ।

गत साउन ११ गते उक्त नगरपालिकाको वडा नम्बर १९ स्थित उखुबारीमा बीभत्स ढंगले हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उनलाई बलात्कारपछि हत्या गरिएको थियो । साउन १० गते उनी पढ्न भनी साथी रोशनी भनिने आँचल बमको घरमा गएकी थिइन् ।

रोशनीको घर गएकी पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा शव भेटिएको थियो । तर, लामो समयसम्म बम दिदीबहिनीलाई स्थानीय प्रहरीले अनुसन्धानको दायरामा ल्याएको थिएन । रोशनीको घरबाट उनी आफ्नो घरमा जान पाइनन् । तर रोशनी हाजिर जमानी र बबिता ३० हजार रुपियाँ धरौटीमा छुटेकी हुन् ।

सरकारले घटना छानविनका लागि कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान कमिटी गठन गरेको थियो । समितिलाई घटनाको विस्तृत छानविन तथा अनुसन्धान गरेर १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको थियो ।

गृह मन्त्रालयले गठन गरेको समितिमा सुरक्षा निकायका प्रहरी नायब महानिरीक्षक र आन्तरिक मामिला तथा कानुन मन्त्रालय ७ नम्बर प्रदेशका प्रतिनिधि रहेका थिए । समितिले प्रहरीको लापरबाहीका कारण निर्मलाको हत्या भएको निष्कर्ष निकाले पनि प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन ।

निर्मलाको बलात्कारपछि हत्या भएको घटनाबारे अनुसन्धान गर्ने कार्यमा संलग्न समितिका सदस्य आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव वीरेन्द्र केसीले गत भदौ २७ गते राजीनामा दिएर गृहमन्त्रीको आग्रहपछि पुनः समितिमा फर्किनुभएको थियो । यो घटनाले झन् उग्र रुप लिँदै आएको छ । आन्दोलनका क्रममा कञ्चनपुरमै प्रहरीको गोली लागेर एक बालकको मृत्यु भएको छ भने एक दर्जन बढी घाइते भएका थिए ।

जिल्ला अदालत कञ्चनपुरले प्रहरीद्वारा दोषी भनिएका दिलीपसिंह विष्टलाई साधारण तारेखमा छाडेको छ । निर्मला र दिलीप सिंहको डीएनएको प्रोफाइल नमिलेपछि विष्ट साधारण तारेखमा छुटेका हुन् । मानसिक समस्या रहेको भनिएका विष्टलाई निर्मालाको बलात्कारपछि हत्या गरेको अभियोगमा गत भदौ ४ गते पक्राउ गरेपछि वास्तविक अभियुक्त लुकाएर पत्याउनै नसकिने व्यक्तिलाई सार्वजनिक गरिएको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन चर्काएका थिए । यसबीचमा गृहमन्त्रालयले तत्कालीन प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, एसपी डिल्लीराज विष्टको ठाउँमा नयाँ नेतृत्व परिवर्तन गरिसकेको छ ।

यसैबीच कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख विष्टका छोरा किरण र मेयर सुरेन्द्र विष्टका भतिजा आयुको पनि डीएनए परीक्षण थालिएको छ । निर्मलाका अभिभावकले प्रहरीले प्रमाण नष्ट गरेको बताउँदै आएका छन् । न्याय माग्न काठमाडौं धाएका उनका बुबा यज्ञराज र आमा दुर्गादेवीले दोषीलाई कानुन कठघरामा नउभ्याउँदासम्म घर नफर्किने बताउनुभएको छ । उहाँहरुले गृहमन्त्री रामबहादुर थापालाई भेटिसक्नुभएको छ । भेटमा गृहमन्त्री थापाले दोषीलाई कारबाही गर्ने आश्वासन दिएको दाबी गरिएको छ ।

यता निर्मलालाई न्याय दिन माग गर्दै राजधानी लगायत देशभर प्रदर्शन भइरहेको छ । शनिबार माइतीघर मण्डलाबाट शुरु भएको विरोध प्रदर्शन बानेश्वर पुगेर सभामा परिणत भएको थियो । जुलुसमा निर्मलाका बुबा यज्ञराज र आमा दुर्गादेवीसमेत पुग्नुभएको थियो ।
हस्ताक्षर संकलन
यसैबीच बागलुङमा पनि निर्मला पन्तको न्यायका लागि हस्ताक्षर संकलनसँगैं दीप प्रज्वलन गरिएको छ । उनको हत्या भएको ५२ दिन वितिसक्दा पनि अपराधी पत्ता नलागेको र प्रहरी प्रशासनले हत्यारा पत्ता लगाउँन तदारुकता नदेखाएको भन्दैं दबावस्वरुप शनिबार देशव्यापी रुपमा आयोजना गरिएको आयोजक निर्मलाका निम्ति न्यायका बागलुङ संयोजक साधना पन्तले बताउँनुभयो ।
आँखामा पट्टी बाँधेर विरोध
कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पुग्न थाल्दासमेत सरकारले अपराधीलाई पक्राउ गरेर कारबाही गर्न नसकेको विरोधमा देशव्यापी भइरहेको विरोधमा नेपालगञ्जले पनि एक्यबद्धता जनाएको छ ।
‘निर्मलाका निम्ति न्याय’ भन्दै शनिबार आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरिएयो । बिहान कोहलपुर र अपरान्ह नेपालगञ्जमा ‘पीडितलाई न्याय दे, अपराधीलाई कारबाही गर’ भन्दै नाराबाजी गरिएको थियो । विद्यार्थी, युवा र नागरिक समाजका अगुवा स्वस्फूर्त जम्मा भई दश मिनेटमा आँखामा पट्टी बाँधेर विरोध गरेका थिए ।
न्याय माग्दै प्रदर्शन
बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै शनिबार म्याग्दीमा विरोध प्रदर्शन भएको छ । निर्मला पन्तको न्यायको माग राख्दै देशैभरी महिला तथा बालबालिकामाथि भैरहेको हिंसा, बलात्कार र हत्याको विरोधमा म्याग्दीका महिलाहरुले सदरमुकाम बेनीमा विरोध ¥याली आयोजना गरेका हुन् ।

¥यालीमा सहभागी महिलाहरुले बलात्कार र हत्याको विरुद्धमा चर्को रुपमा आवाज उठाएका छन् । उनीहरुले बलात्कारीलाई सामाजिक बहिष्कार गरौं, महिलालाई रेप होइन सेभ गरौं, दोषीलाई कडा कार्वाही गर, शान्तिसुरक्षा कायम गर, महिलामैत्री कानुन तत्काल कार्यान्वयन गर्नुपर्ने र कानुनी राज्यको स्थापना हुनुपर्ने जस्ता नाराहरु लगाएका थिए । महिलाहरुले टाउकोमा कालो पट्टी बाँधेर प्रदर्शनमा उत्रिएका थिए । आजको नेपाल समाचारपत्रमा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);