बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

बलात्कारपछि हत्याः ११ वर्षीया बालिकाको शव खोलामा भेटियो

balika rape

विराटनगर, १४ माघ । विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको बलात्कारपछि हत्या भएको छ । पानीमा डुबाएर हत्या गरिएको अवस्थामा शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

शव भेटिएको स्थाववरिपरिको बस्ती पातलो छ । खोलामा माछा मार्दै गएकाहरुले बगिरहेको पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या गरी फालेको अवस्थामा बालिकाको निर्वस्त्र शव भेटिएको मोरङ प्रहरी प्रमुख एसपी मनोज कुमार केसीले बताए ।

बालिकाको अनुहार र कानबाट रगत बगिरहेको थियो । शरीरका अन्य अंगमा पनि नीलडाम छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);