सरकारले संविधान कार्यान्वयन गर्न नसकेको देउवाको आरोप | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सरकारले संविधान कार्यान्वयन गर्न नसकेको देउवाको आरोप

deuba

काठमाडौं, २७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान लागू गराउन नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सभापति देउवाले संविधान उत्कृष्ट भएपनि त्यसलाई लागू गराउन नसकेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन् ।

शुक्रबार नेपाल प्रेस युनियन, चितवन शाखाको ८ औं जिल्ला अधिवेशनलाई चितवनमा उद्घाटन गर्दै उनले सरकारले प्रेस स्वतन्त्रतामाथि पनि हनन् गरिरहेको आरोप लगाए । सभापति देउवाले नागरिकको अधिकारसमेत हनन् हुनेगरी सरकारले नयाँ मुलुकी ऐन लागू गरेको दावी गर्दै प्रतिकार गर्ने चेतावनी दिए ।

सभापति देउवाले आफ्नो पार्टी सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको उल्लेख गर्दै त्यसलाई हनन् हुन नदिने प्रतिवद्धता पनि व्यक्त गरे । कार्यक्रममा काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले सरकारले प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);