अदालत परिसरभित्रै गएर पत्रकारलाई पक्राउ गर्न मिल्दैन : देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

अदालत परिसरभित्रै गएर पत्रकारलाई पक्राउ गर्न मिल्दैन : देउवा

deuba-patrakar

काठमाडौं, १५ बैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पत्रकारहरुलाई पक्राउ गर्ने काम भईरहेको भन्दै सरकारको आलोचना गरेका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति देउवाले पत्रकाहरुलाई अदालत परिसर भित्रै गएर पक्राउ गर्ने काम सरकारले गरिरहेकोमा आपत्ति जनाएका हुन् ।

आईतबार नेपाल पत्रकार महासंघको नेतृत्वले आफ्नै निवास बुढानिलकण्ठमा पुगेर बुझाएको ज्ञापन पत्र बुझ्दै उनले अदालत परिसर भित्र गएर पत्रकारहरुलाई पक्राउ गर्न नमिल्ने भन्दै सभापति देउवाले आफ्नो पार्टी प्रेस र अभिव्यक्ति स्वतन्त्रको पक्षमा सदैव उभिएको दावी पनि गरे । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको लागि अनिवार्य सर्त भएकाले आफ्नो पार्टीले सदैव त्यसको विपक्षमा रहेको देउवाको भनाई छ ।

सभापति देउवाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नेपाल पत्रकार महासंघले सुरु गरेको आन्दोलनमा आफ्नो पार्टीको साथ रहने पनि बताए । महासंघका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले सभापति देउवलाई बुझाएको ज्ञापन पत्रमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा हुने गरी कानुन, नीति, नियम तय गर्न सरकारको ध्यानाकर्षण गराउन आग्रह गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);