सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको व्यवस्था गर्ने मन्त्री बिष्टको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको व्यवस्था गर्ने मन्त्री बिष्टको प्रतिवद्धता

mantri gokarna bista

काठमाडौं, १५ बैशाख । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न सबै श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

१९ औं व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्थ दिवसको अवसरमा आईतबार बिहान राजधानीमा भएको प्रभातफेरी पछि प्रज्ञा प्रतिष्ठानमा आयोजित कोणसभालाई सम्बोधन गर्दे मन्त्री बिष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरि सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताएका हुन् ।

मन्त्री बिष्टले युवाहरुलाई स्वदेशमै व्यवसाय गर्न प्रेरित गर्ने ढंगले सरकारले आवश्यक नीति नियम बनाउन लागेको उल्लेख गर्दै सबैलाई सामाजिक सुरक्षा ऐनको दायरामा ल्याई उचित पारिश्रमिक, स्वास्थ्य सेवा , पेन्सन लगायतका विषयलाई सरकारले प्राथमिकताका साथ अघि बढाउने बताए ।

कार्यक्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य शाखाका प्रमुख बरुण कुमार झाले पछिल्लो समयमा नेपालमा कार्यस्थलमा हुने स्वास्थ्य तथा सुरक्षाको विषय चुनौती बन्दै गएको भन्दै पहिला सेफ्टी त्यसपछि काम भन्ने विश्वव्यापी मान्यतालाई पालना गर्नु पर्ने बताए ।

कार्यक्रममा व्यवसायीहरुले व्यवसायजन्य स्वास्थ्य क्षेत्रमा सरकारी लगानी बढाउन माग गरेका थिए ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);