प्रदेश पदाधिकारी बढाउँदै नेकपा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौं, १५ बैशाख । नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ। प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चारजनाका दरले २८ जना पदाधिकारी छन्। केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ। स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदैछन्।

सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ। प्रदेश तीनमा कम्तीमा चार सहइन्चार्ज थपिँदैछन्। प्रदेश १ मा सावित्रीकुमार काफ्ले, २ मा विश्वनाथ शाह, ३ मा हितबहादुर तामाङ, गण्डकीमा खगराज अधिकारी, ५ मा दलबहादुर राना, कर्णालीमा यमलाल कँडेल र सूदुरपश्चिममा लक्ष्मण जोशी सहइन्चार्ज छन्।

‘प्रदेश पदाधिकारीको संख्या बढाउन प्रत्येक प्रदेशमा सहइन्चार्ज थप्ने तयारी भइरहेको मैले पनि सुनेको छु तर हामीसँग छलफल भएको छैन,’ प्रदेश २ का सहइन्चार्ज विश्वनाथ शाहले अन्नपूर्णसँग भने, ‘एउटै पदमा धेरै मान्छे राखेर कार्य विभाजन गर्नुको अर्थ छैन।’

प्रदेशका पदाधिकारीमध्ये केही सचिवबाहेक सबै पदाधिकारी पोलिटब्युरोमा पर्नेछन्। सातै प्रदेशका पदाधिकारी र सहइन्चार्जमा थपिने नेतासमेत पोलिटब्युरोमा समेटिनेछन्। विधानतः प्रदेशमा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य स्वतः प्रदेश सदस्य हुने भएकाले उनीहरूलाई समेत परिचालन गर्न प्रदेश पदाधिकारीलाई पोलिटब्युरो बनाउने तयारी नेकपाले गरेको छ।

प्रदेश इन्चार्ज, सहइन्चार्ज र अध्यक्षलाई भने स्वतः पोलिटब्युरोमा पार्ने सैद्धान्तिक सहमति शीर्ष नेताबीच भइसकेको छ। तर, प्रदेशमा रहेका सबै सचिवलाई पोलिटब्युरो बनाउने–नबनाउने भन्ने टुंगो लागेको छैन। यद्यपि उनीहरुलाई पनि पोलिटब्युरो बनाउनुपर्ने आवाज उठेको छ।

यो खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);