नेकपाले प्रदेश कमिटीको जिम्मेवारी बाडफाँड टुङ्ग्यायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

नेकपाले प्रदेश कमिटीको जिम्मेवारी बाडफाँड टुङ्ग्यायो

nekapa

६ वटा प्रदेशमा पूर्व एमाले र एउटा प्रदेशमा पूर्व माओवादीलाई –

काठमाडौं, ५ असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले सबै प्रदेश संगठन कमिटीको जिम्मेवारी बाडफाँड गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रबार बसेको सचिवालय बैठकले सात वटै प्रदेश संगठन कमिटीका प्रदेश इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिवको जिम्मेवारी बाँडफाँड गरेको हो ।

जस अनुसार प्रदेश १ को प्रदेश संगठन कमिटीको इन्चार्जमा भीमप्रसाद आचार्यलाई तोकिएको छ । सह इन्चार्ज सावित्री काफ्ले, अध्यक्ष देवराज घिमिरे र सचिवमा सुरेशकुमार राईलाई तोकिएको छ ।

प्रदेश २ को प्रदेश संगठन कमिटीको इन्चार्जमा सत्यनारायण मण्डल चयन गरिएको छ । त्यसैगरी विश्वनाथ साहलाई सहइन्चार्ज, प्रभू साहलाई अध्यक्ष र सुमनराज प्याकु¥याललाई सचिवको जिम्मेवारी दिइएको छ ।

नेकपाले प्रदेश ३ को प्रदेश संगठन कमिटीको इन्जार्चको जिम्मेवारी अक्ष्टलक्ष्मी शाक्यलाई दिएको छ । सहइन्चार्जमा नारायण दाहाल, अध्यक्षमा हितमान तामाङ र सचिवमा आनन्दप्रसाद पोखरेललाई जिम्मेवारी दिएको छ । सो प्रदेशले महिला इन्चार्ज पाएको छ ।

गण्डकी प्रदेशको इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, सह इन्चार्ज खगराज अधिकारी तथा अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीलाई बनाइएको छ ।

प्रदेश ५ को इन्चार्ज शंकर पोखरेललाई तोकिएको छ । सहइन्चार्ज दलबहादुर राना, अध्यक्ष ओनसरी घर्ती र सचिव जगप्रसाद शर्मा छन् ।

कर्णाली प्रदेशमा नेकपाको नेतृत्व जनार्दन शर्मालाई दिइएको छ । सो प्रदेशमा यमलाल कँडेल सहइन्चार्ज, गोरख बोगटी अध्यक्ष र मायाप्रसाद शर्मा सचिव छन् ।

प्रदेश ७ को प्रदेश संगठन कमिटीको इन्चार्जको जिम्मेवारी भीम रावललाई दिइएको छ । सह इन्चार्ज लक्ष्मीदत्त जोशीलाई तोकिएको छ । कर्णबहादुर थापालाई सो प्रदेश संगठन कमिटीको अध्यक्ष र सिंहराज चौंधरीलाई सचिवको जिम्मेवारी दिइएको छ ।

करिव ४ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सबै प्रदेश संगठन कमिटीको नेतृत्वको जिम्मेवारी टुंगो लगाएको हो । व्यापक छलफल पछि सर्वसम्मतिले सबै प्रदेश कमिटीको नेतृत्वको जिम्मेवारी बाँडफाँड गरिएको पार्टी सचिवालयका सदस्य इश्वर पोखरेलले जानकारी दिए ।

बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले शनिबार (भोली) बाट हुने आफ्नो अमेरिका भ्रमणबारे जानकारी गराएका थिए भने अध्यक्ष पुष्पकमल दाहालले आफ्नो भारत र चीन भ्रमणबारे ब्रिफिङ गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);