सरकार र सवारी चालकबीच ८ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सरकार र सवारी चालकबीच ८ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

old bus park

काठमाडौं, ५ असोज । नयाँ मुलुकी ऐन संशोधनको माग गर्दै आन्दोलनमा उत्रिएका गाडी चालकहरुले आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् ।

शुक्रबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा सरकार र नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिबीच ८ बुँदे सहमति भएपछि गाडी चालकहरुले बन्दसहितको आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएका हुन् ।

नयाँ मुलुकी ऐनमा व्यवस्था गरिएका कानुनी प्रावधानबारे रहेको अन्यौलता हटाउने काम भएपछि गाडी चालकहरु आन्दोलनको कार्यक्रम फिर्ता लिन सहमत भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

उनले गाडी चालकहरुलाई नयाँ मुलुकी ऐनमा कानुनी समस्या नरहेको र कतिपय व्यवहारिक कठिनाई भए हटाउन सरकार प्रतिवद्ध रहेको बताए ।

यता, नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिका संयोजक बसन्त शर्माले सरकारले आफूहरुको माग अुनसार नयाँ मुलुकी ऐन संशोधन गर्ने सहमति गरेपछि आन्दोलनको कार्यक्रम फिर्ता लिइएको स्पष्ट पारे ।

८ बुँदे सहमतिमा संघर्ष समितिले आह्वान गरेको नेपाल बन्दलगायतका कार्यक्रम फिर्ता लिने र आन्दोलनका क्रममा थुनामा रहेका चालकहरुलाई रिहा गर्ने उल्लेख गरिएको छ । त्यसैगरी सहमतिमा सवारी दुर्घटना हुन नदिन सडक मर्मत, संहारको कामलाई सरकारले तीव्रता दिने पनि स्पष्ट पारिएको छ ।

यसैबीच, सरकारले दशैंको टिकट अग्रिम बुकिङ खुला गर्न यातायात व्यवसायीलाई आह्वान गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नभई दशैंको टिकट अग्रिम बुकिङ सूरु नगर्ने यातायात व्यवसायीहरुले अडान लिइरहेका बेला सरकारले तत्काल सो सेवा सुचारु गराउन सचेत गराएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव अधिकारीले दशैंको टिकट अग्रिम बुकिङ खुला गराउन यातायात व्यवसायीहरुलाई आग्रह गरे । उनले दशैंको टिकट बुकिङ खुलाउनुको विकल्प नरहेकोतर्फ पनि यातायात व्यवसायीहरुलाई सचेत गराए ।

यातायात व्यवसायीहरुले शुक्रबारबाटै दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय कार्यान्वयन नगरेपछि सरकारले त्यसमा ढिलाई नगर्न सचेत गराएको हो । सचिव अधिकारीले व्यवसायीको केही समस्या भए सम्बोधन गर्ने तर सहमति अनुसार दशैंको टिकट अग्रिम बुकिङ खुलाउन ढिलाई गर्न नहुने पनि स्पष्ट पारे ।

यस्ताे छ सहमति :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);