चालकले सवारीसाधन नचलाउँदा यात्रु मर्कामा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

चालकले सवारीसाधन नचलाउँदा यात्रु मर्कामा

काठमाडौं ४ असोज । सार्वजनिक यातायात मजदुरहरुले विगत तीन दिनदेखि देशभर सवारीसाधन नचलाउँदा यात्रु मार्कामा परेका छन् । सर्वसाधरणलाई वन्दको अग्रिम जानकारी नहुँदा कतिपय ठाउँमा विरामी, यात्रुहरु समेत अलपत्र अवस्थामा छन् ।

चाडबाडको समयमा चालकले सवारीसाधन नचलाएपछि यात्रुहरु मर्कामा परेका हुन् । नयाँ मुलुकी संहितामा सजायको कतिपय व्यवस्थाको विरोध गर्दै यातायात मजदुरहरु विगत तीन दिन देखि आन्दोलित छन् ।

कास्कीको पोखरामा बिहीवार कालो नम्बर प्लेटका बसहरू यातायात मजदुरहरूले चल्न दिएका छैनन् । जसका कारण यात्रुहरु बसपार्कमा अलपत्र छन् ।

पोखरामा जस्तै, दाङमा पनि यातायातका साधन चलेका छैनन् । दाङमा टिकट काउन्टर खुलेपनि यातायात व्यवसायीले चलानी काटेका छैनन् । अधिकांशले आफ्ना गाडीहरु घरमा र ग्यारेजमा थन्काएर राखेका छन् । गन्तव्यमा जान चाहने यात्रुहरु साँझपखसम्म बसपार्क क्षेत्रमा अलपत्र अवस्थामा थिए ।

त्यसैगरी, कैलालीबाट पनि लामो तथा छोटो दुरीका सवारी चलेका छैनन । स्थानीय प्रशासनले गाडी चलाउने विषयमा कुनै पहल समेत थालेको छैन । बसहरु बसपार्कमा पार्किङ गरेर राखिएको छ तर गाडी चालकहरु भने कोही पनि सम्पर्कमा छैनन् ।

बारामा पनि लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् । सवारी चालहरुले तोकिएको सजाय नसच्चिएसम्म सवारी साधन रोकेर आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

यता, मोरङमा पनि विगत ३ दिन देखि सार्वजनिक यातायात बन्द छ । सरकारले अगामी एक हप्ता भित्र नयाँ मुलुकी ऐन संशोधन नगरे आफ्नो पेशा नै परिवर्तन गर्ने चालकहरुले बताएका छन् ।

तीन दिन देखि सवारी चालकहरुले देशैभर यातायातको साधन नचलेपछि सर्वसाधरणले सास्ती खेपिरहेका छन् । अझ कतिपय ठाउँमा अग्रिम जानकारी नहुँदा विरामी, बैदेशिक रोजगारीमा जानेहरु झन समस्यामा परेका छन् । तर, सरकारले यातायात खुलाउने विषयमा अहिलेसम्म ठोस पहल थालेको छैन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);