सार्वजनिक सवारीसाधनको आवागमन ठप्प | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सार्वजनिक सवारीसाधनको आवागमन ठप्प

yatayat thappa

काठमाडौं, २१ बैशाख । यातायात व्यावसायीहरुले सार्वजनिक सवारीसाधन ठप्प पारेका छन् ।

यातायात व्यावसायीहरुले नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघको आव्हानमा विहानैदेखि भाडाका सार्वजनिक सवारीसाधन ठप्प पारेका हुन् । व्यावसायीहरुले सार्वजनिक सवारीसाधन ठप्प पार्दा देशभरको जनजीवन प्रभावित भएको छ । महासंघ अन्र्तगत देशभर ३ सय ५ वटा समिति रहेकामा ती समिति अन्र्तगत करीब चार लाख सार्वजनिक यातायात सञ्चालनमा छन् ।

महासंघले सरकारले देशभरका सडकमा रुट इजाजत खुलाउने गरी यातायात व्यवस्थापन कार्यविधि संशोधन गरेको तथा यातायात समिति नविकरण नगर्ने निर्णय गरेको विरोधमा वैशाखको पहिलो साता नै यातायात ठप्प पार्ने घोषणा गरेको थियो । महासंघको त्यो घोषणालाई साथ दिंदै व्यावसायीहरुले आफ्ना सवारीसाधन ग्यारेज र बसपार्कमा थन्क्याएका छन् । बसहरु ग्यारेज र बसपार्कमा थन्क्याईंदा यात्रुहरु हिंडेर गन्तव्यमा पुग्न वाध्य भएका छन् । टाढाको गन्तव्यमा जाने यात्रुहरु अलपत्र परेका छन् । सार्वजनिक यातायात ठप्प पारिएकामा यात्रुहरुले आक्रोश पोखेका छन् ।

केही निजी कम्पनी र साझा यातायातका बस सडकमा देखिएपनि ती निकै अपर्याप्त देखिएका छन् । सडकमा निजी सवारीसाधन भने निर्वाध रुपमा चलेका छन् । यातायात व्यावसायीहरुले गत चैत १८ गते जारी गरिएको यातायात व्यवस्थापन कार्यविधि खारेज गर्न तथा यातायात समिति नविकरण नगर्ने निर्णय फिर्ता लिन माग गरेका छन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);