दशैंकालागि काठमाडौंबाट घर फर्कने क्रम बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

प्रतिक्षा शर्मा, काठमाडौं, ७ असोज । काठमाडौं उपत्यकामा विभिन्न पेशा र व्यावसायमा आवद्ध व्यक्ति तथा विद्यार्थीहरु दशैं मनाउनका लागि घर फर्कने क्रम बढेको छ । टिकट लिएका व्यक्तिहरु घर फर्कने क्रम बढिरहँदा यातायात व्यावसायीहरु भने सबै टिकट नबिकेपछि निराश भएका छन् ।

दशैंका लागि बसको अग्रिम टिकट बुकिङ ढिला खुलेपनि टिकट लिनेको लाइन विगतका वर्षमा भन्दा पातलो देखिएको छ । काठमाडौंको नयाँ बसपार्कमा रहेका काउण्टरमा टिकट लिनेको संख्या पातलो देखिएको हो । यात्रुहरुले बसको टिकट कुनै माच्छापच्छी नगरी सजिलै पाएका छन् ।
यातायात व्यवस्था विभागको निर्णय अनुसार यातायात व्यावसायीहरुले भदौ २७ गते मध्यम तथा लामो दूरीका सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाएका थिए ।

सुरुका दिन टिकट बुकिङका लागि भीड लागेपनि पछिल्ला दिनमा भीड पातलिएको हो । टिकट काटेकाहरु घर फर्कन थालिसकेका छन् । खासगरी विभिन्न जिल्लाबाट अध्ययनका लागि काठमाडौं आएकाहरु शैक्षिक संस्था बन्द भएसँगै घर फर्कन थालेका हुन् । व्यावसायीहरुले यस पटक अझै ३० प्रतिशत टिकट बुकिङ हुन बाँकि रहेको बताएका छन् । खासगरी ग्रामिण क्षेत्रका सडकहरुको दुरावस्थाका कारण घर जान खोज्नेको संख्या घटेको र दुई नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनका कारण ७० प्रतिशत मात्र टिकट बुकिङ भएको व्यावसायीहरुको भनाइ छ ।

दशैंका बेला सार्वजनिक सवारीसाधन प्रयोग गरी १५ देखि १६ लाख मानिस काठमाडौं उपत्यकाबाट वाहिरिने अनुमान रहेपनि सबै टिकट बुकिङ नभएपछि व्यावसायीहरु निराश भएका छन् ।

 

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);