दशैंका लागि अग्रिम टिकट बुकिङ खुल्ला, नयाँ बसपार्कमा भीड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

प्रतिक्षा शर्मा, २७ भदौ

काठमाडौं । दशैं मनाउन काठमाडौं उपत्यका बाहिर जाने यात्रुहरुका लागि मंगलबारबाट बसको अग्रिम टिकट बुकिङ खुलेको छ । अघिल्ला वर्षहरुमा एक महिनाअघि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिएकामा यसपटक सरकार र यातायात व्यवसायीबीचको विवादका कारण ढिलो गरी बुकिङ खुलेको हो ।

यातायात व्यवस्था विभागले गरेको निर्णय अनुसार यातायात व्यावसायीहरुले मंगलबारबाट अग्रिम टिकट बुकिङ खुलाएका हुन् । व्यावसायीहरुले अग्रिम टिकट बुकिङ खुलाएसँगै काठमाडौंको नयाँ बसपार्क र अन्य स्थानमा रहेका टिकट काउण्टरमा सर्वसाधारणको भीड लागेको छ ।

ढिलोगरी टिकट बुकिङ सुरु भएकाले टिकट नपाइने चिन्ताले सर्वसाधारणहरु विहानै काउण्टरमा पुगेका हुन् । लाइन लागेका सर्वसाधारणले टिकट वितरण छिटोछरितो नभएको बताएका छन् । उनीहरुले टिकटका लागि घण्टौं कुर्नुपरेको गुनासो गरेका छन् ।

यातायात व्यावसायीहरुले बुकिङ ढिला खुले पनि दशैंमा घर जान चाहने सबैलाई टिकटको व्यवस्था गर्ने भन्दै चिन्ता नगर्न आग्रह गरेका छन् । बसको संख्या थप गरेर यात्रु ओसार्ने व्यावसायीहरुको भनाइ छ ।

यातायात व्यवस्था विभागले टिकट बुकिङ गर्दा यसअगाडि निर्धारितभन्दा बढी भाडा नतिर्न सर्वसाधारणलाई आग्रह गरेको छ । विभागले तोकिएको भन्दा बढी भाडा उठाए नउठाएको अनुगमनका लागि पाँच वटा टोली परिचालन गर्ने बताएको छ ।

भाडाबारे जानकारी गराउन तथा टिकटमा कालोबजारी रोक्न विभागले काठमाडौं उपत्यकाका एक दर्जन स्थानमा यात्रु सहायता कक्ष राखिएको जनाएको छ ।

दशैं मनाउन २५ लाख मानिसले काठमाडौं उपत्यका छोड्ने अनुमान गरिएको छ । ती यात्रु ओसार्न काठमाडौंबाट दैनिक २५ सयदेखि ३ हजार बस छुट्ने व्यवस्था मिलाइएको नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले जनाएको छ ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);