मन्त्री नियुक्तिको विषयलाई लिएर राप्रपा प्रजातान्त्रिकभित्र विवाद सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्री नियुक्तिको विषयलाई लिएर राप्रपा प्रजातान्त्रिकभित्र विवाद सुरु

काठमाडौंँ, २७ भदौ । मन्त्री नियुक्तिको विषयलाई लिएर राप्रपा प्रजातान्त्रिकभित्र विवाद सुरु भएको छ । राप्रपा प्रजातान्त्रिकले दिपक बोहरा, बिक्रम पाण्डे, सुनिलबहादुर थापा र रेशम लामालाई मन्त्रिपरिषद्मा पठाएसँगै पार्टीमा विवाद सुरु भएको हो ।

मन्त्री चयन समावेशी नभएको र विगतमा पटक–पटक अवसर पाएकालाई फेरि मन्त्री बनाइएको भन्दै राप्रपाका राज्यलक्ष्मी श्रेष्ठ, वविना मोक्तान लावती लगायतका सांसद्ले राजीनामाको चेतावनी दिएका छन् । राप्रपा फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गर्दा कतिपय सांसद्हरुलाई मन्त्रीको लोभ देखाइएको थियो ।

 

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);