आफ्नै रेकर्ड ब्रेक गर्दै प्रधानमन्त्री देउवा: बन्ने भयो इतिहासकै ठूलो मन्त्रिमण्डल, आजै शपथ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौँ, २६ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज पाँचौ पटक मन्त्रिमण्डल विस्तार गर्ने भएका छन् । जस अन्तर्गत आज मन्त्रिमण्डलमा चार सदस्य थप हुनेछ । प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिनापछि देउवाले पाँचौँ पटक मन्त्रिपरिषद् बिस्तार गर्न लागेका हुन् ।

 

राप्रपा प्रजातान्त्रिकका तर्फबाट आज चार जना मन्त्री थपिँदैछन्। जसमा एक राज्यमन्त्री पनि छन्। चार मन्त्री थपिएसँगै ५४ सदस्यीय मन्त्रिमण्डल हुनेछ । मन्त्रिपरिषदको यो आकार नेपालको इतिहासमै सबैभन्दा ठूलो हो।

 

२०५२ सालमा देउवाले नै ५२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेर रेकर्ड बनाएका थिए। २२ वर्षपछि सर्वाधिक ठूलो मन्त्रिपरिषदको रेकर्ड देउवा आफैले तोड्न लागेका हुन्।

निर्वाचन आचारसंहिता लागू भएको अवस्थामा मन्त्रिपरिषद् बिस्तार गर्न मिल्ने वा नमिल्ने विवाद कायमै रहेका बेला प्रधानमन्त्री देउवाले भने चार मन्त्री थप गर्ने निर्णय गरेका हुन् ।

 

सोमबार राप्रपा प्रजातान्त्रिकका तर्फबाट संसदीय दलका नेता दीपक बोहोरा, दलका उपनेता बिक्रम पाण्डे र सुनील बहादुर थापाले मन्त्रीको शपथ लिँदैछन्। यस्तै, रेशम लामाले राज्यमन्त्रीको शपथग्रहण गर्नेछन्। बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ।

 

कार्यविभाजन अनुसार बोहोराले विज्ञान प्रविधि, पाण्डेले बन र थापाले उद्योग मन्त्रालयको जिम्मेवारी पाउनेछन्। लामाले उद्योग राज्यमन्त्रीको जिम्मेवारी पाउँनेछन्।

 

राप्रपा प्रजातान्त्रिकमा १९ सांसद् छन्।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);