महाधिवेशनको तयारी सूरु भएसँगै राप्रपा भित्र नेतृत्व हस्तान्तरण गर्ने विषयमा बहस सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

महाधिवेशनको तयारी सूरु भएसँगै राप्रपा भित्र नेतृत्व हस्तान्तरण गर्ने विषयमा बहस सुरु

raprapa

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्रपार्टी राप्रपा भित्र नेतृत्व हस्तान्तरणको विषयले चर्चा पाएको छ । आउँदो महाधिवेशनको तयारी सूरु भएसँगै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने विषयमा बहस सुरु भएको हो । कोरोना भाइरसको महामारीका कारण अहिले राजनीतिक गतिविधि ठप्प छ ।

आउँदो असोज सम्ममा महाधिवेशन गर्ने निर्णय गरेको भएपनि कोरोना महारीका कारण केही पछि सर्ने देखिएको छ । सो महाधिवेशनबाट नयाँ पुस्तालाई पार्टीको नेतृत्वदिने विषयमा छलफल भईरहेको अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बताए ।

साथै राप्रापाका तीन अध्यक्ष विच विवाद रहेको र फुटको दिसातर्फ रहेको भन्ने हल्ला निराधार रहेको समेत उनले प्रष्ट पारे। कोरोनाको संक्रमण दर कम हँुदै गएपछि पार्टीको महाधिवेशन लक्षित गतिविधि अगाडी बढ्ने उनले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);