सरकारलाई बदनाम गर्ने खेल आफ्नै पार्टीबाट भयो : प्रधानमन्त्री ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारलाई बदनाम गर्ने खेल आफ्नै पार्टीबाट भयो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैका नेताहरुले विरोधीसँगको साठगाँठमा सरकारलाई बदनाम गर्न सक्रिय भएको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको दशौं महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले विरोधीसँगको साठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका हुन् । उनले विकासको मार्गतर्फ अघि बढेको प्रधानमन्त्रीको राजीनामा मागेकै कारण मुलुक अस्थिरतातर्फ जाने अवस्था पैदा भएको जिकिर गरेका छन् ।

अध्यक्ष ओलीले एमाले राष्ट्र हाक्ने जिम्मेवारी बोकेको पार्टी भएकाले पार्टी भित्रको समस्यालाई आफूले हल गर्न अधिकतम प्रयास गरेपनि अर्को पक्षले त्यसलाई बल्जाउन खोजेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले एमाले नेतृत्वको सरकारले अभूतपूर्व ढंगले विकास निर्माणका साथै शान्ति सुरक्षा तथा जनताका लागि काम गरेको तर गलत प्रचार हुँदा जनतामा निराशा छाउनु स्वभाविक भएको समेत उल्लेख गरेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);