माधव नेपालको आरोपः अध्यक्ष ओलीले पार्टी एकता भंग गर्न खोजे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माधव नेपालको आरोपः अध्यक्ष ओलीले पार्टी एकता भंग गर्न खोजे

काठमाडौँ । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीलाई पार्टी एकता भंग गर्न खोजेको आरोप लगाएका छन् ।नेता नेपालले सोमबार कर्णाली प्रदेशका चार सांसदलाई पुनर्वहाली गर्ने सर्वोच्च अदालतको आदेशविरुद्ध भ्याकेटमा गएको भन्दै अध्यक्ष ओलीबिरुद्ध यस्तो आरोप लगाएका हुन् ।

कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिने सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा, प्रकाश ज्वाला,र कुर्मराज शाहीलाई एमालेको १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिले निष्कासनको कारबाही गरेको थियो ।

‘कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ’ उनले भनेका छन् ।

तर सर्वोच्च अदालतले एमालेको १० औं महाधिवेशन आयोजक समितिले गरेको कारबाही वैध नहुने भन्दै सांसदहरुलाई पुनर्वहाली गरिदिएको थियो । उक्त आदेशविरुद्ध सोमबार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएका थिए ।

आजै नेता नेपालले फेसबुकमार्फत अध्यक्ष ओलीले सर्वोच्चमा दिएको निवेदनको खण्डन गर्दे पार्टी एकता भंग गर्ने संकेत देखिएको बताएका छन् । त्यस्तै उनले नेकपा प्रधानमन्त्री एवंम नेकपा एमालेका अध्यक्ष समेत रहेका ओलीलाई सत्ता जोगाउन संविधान विरोधी र दक्षिणपन्थी तत्वसँग लम्पसकार गर्न पुगेको आरोप पनि लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);