संवैधानिक निकायमा नियुक्ति विरुद्ध पूरक निवेदन दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

संवैधानिक निकायमा नियुक्ति विरुद्ध पूरक निवेदन दर्ता

काठमाडौं । अदालतमा मुद्धा विचाराधीन भएको समयमा सरकारले संवैधानिक नियुक्ति गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।

संसदीय सुनुवाई नै हुन नसक्ने अवस्थामा संवैधानिक नियुक्ति सिफारिस गर्नु संविधान विपरीतको कार्य भएको भन्दै त्रिपाठीले निवेदन दर्ता गराएका हुन् ।

रिट निवेदनमा अधिवक्ता त्रिपाठीले राष्ट्रपति कार्यालयबाट नियुक्ति गरिएका संवैधानिक नियुक्ति पाएकाहरुको काम कारबाही रोक गर्न सर्वोच्चसमक्ष माग गरेका छन् । त्रिपाठीको यसअघिको निवेदन संवैधानिक इजलासमा विचाराधीन अवस्थामा रहेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);