संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सापकोटाले पेश गरे जवाफ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमा सापकोटाले पेश गरे जवाफ

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा भएको विभिन्न संवैधानिक नियुक्तिविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार लिखित जवाफ पेश गरेका छन्।

प्रधानमन्त्री ओलीले गएको मंसिर ३० गते असंवैधानिक रुपमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर भएको थियो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सभामुख सापकोटालाई समेत विपक्षी बनई रिट दायर गरेका थिए । सो सम्बन्धमा सर्वोच्चले जवाफ मागेपछि उनले त्यसको लिखित जवाफ पठाएका हुन् ।

सभामुख सापकोटाले संवैधानिक परिषदको बैठक नै दूषित र कपटपूर्ण रहेको जिकिर गर्दै बैठकले गरेका निर्णय बदरभागी रहेको प्रस्ट पारेका छन्। उनले नियुक्तिका लागि कानुनी प्रक्रिया र आवश्यक गृहकार्य र परामर्शबिना नै नियुक्त गरेको भन्दै असहमति जनाएको जवाफमा खुलाएका छन्।

सभामुखले अदालतमा पेश गरेको जवाफ झुट ठहरिए कानुन बमोजिम कारबाही सहनसमेत तयार भएको उल्लेख गरेका छन्।

प्रधानमन्त्री ओलीले मंसिर ३० गते बैठक बसेर अख्तियार दुरुपयोग अनुसन्धान, महिला आयोग, मुस्लिम आयोग लगायतका विभिन्न संवैधानिक निकायमा ३८ जना नियुक्त गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);