प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलाशमा आजदेखि सुनुवाई सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलाशमा आजदेखि सुनुवाई सुरु

sarbochha adalat

काठमाडौं २२ पुस । प्रतिनिधिसभा विघटनविरुद्ध परेका मुद्दामा बुधबारबाट सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाइ हुने भएको छ ।

यसअघि भएको सुुुनुवाईमा सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै लिखित जवाफ पेश गनृ आदेश दिएको थियो। अदालतको आदेश अनुसार राष्ट्रपति, प्रधानमन्त्री र सभामुखले आआफ्नो लिखित जवाफ पेश गरिसकेका छन् ।

प्रधामन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित संवैधानिक इजलासमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सदस्य रहेको सवैधानिक ईजलास गठन भएको छ। ।

पक्ष र विपक्षका वकिलहरुको बहसपछि अदालतलाई सघाउन एमिकस क्युरी गठन भएको छ । एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन् ।

प्रधामनन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपति बिद्या भण्डारीले पुस ५ मा प्रतिनिधिसभा बिघटन गर्नु भएको थियो। प्रतिनिघिसभा विघटन संविधान विपरित भएको भन्दै सर्बोच्चमा दर्जन रिट परेका छन् । ती सबै रिट यस अघि प्रधामन्यायाधीश चोलेन्द्र शम्सरे राणको एकल इजलासमा पेश भएका थिए। राणाको एकल ईजालासले सबै रिट संबैधानिक अदालतमा पेश गर्न आदेश दिएको थियो।

सो आदेश अनुसार ती सबै रिट एकै ठाँउमा राखेर बुधबारबाट सुनुवाई शुरु हुने भएको छ। । सबैधानिक ब्यबस्था कार्यविधि अनुसार यो ईजालासमा न्यायाधीशहरुबीच राया बाझिएमा बहुमत अल्पमतका आधारमा निर्णय हुने छ । यसको कुनै पुनरावेदन नालाग्ने ब्यबस्था छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);