नेकपाका नेताहरु गलत अरोप-प्रत्यारोपमा : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नेकपाका नेताहरु गलत अरोप-प्रत्यारोपमा : पोखरेल

सिन्धुली २२ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोख्रेलले नेकपाका नेताहरु एक आपसमा आरोप प्रत्यारोपमा उत्रनु गलत भएको बताउनुभएको छ।।

उहाँले एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गर्नभएको छ। सिन्धुलीमा बुधबार पार्टी नेता तथा कार्यकर्तासँगको भेटघाटका क्रममा उहाँले पार्टी एकता, कम्युनिस्ट एकता, देश र जनताको हितका लागि आवश्यक छ भन्दै सबै नेता र कार्यकर्तालाई पार्टी विभाजन नभई एकताका पक्षमा उभिन अनुरोध गर्नुभयो ।

’विगतमा कम्युनिस्ट पार्टीको फुटबाट पाठ सिक्दै अघि बढेको नेकपामा यतिबेला नेताहरु आरोपप्रत्यारोपमा लाग्नु गलत छ’ पोखरेलले भन्नुभयो । उहाँले जनतामाझ भएका यथार्थ लैजानसमेत आग्रह गर्नूरभयो ।, ‘‘पार्टी एकताका पक्षमा गरेका सम्झौता र केके कार्यान्वयन भए, नभएका किन भएनन् भनेर जान म पार्टी नेतृत्वलाई आग्रह गर्दछु ।’उहाँले भन्नुभयो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);