नेकपाका उपाध्यक्ष गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

नेकपाका उपाध्यक्ष गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै

दुबै पक्षलाई गाली गलौच छाडेर एकतामा लाग्न आग्रह

काठमाडाैं, १४ माघ । पार्टी एकताको रक्षाका लागि भन्दै सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले पनि विभाजन नहोस् भन्ने पक्षमा रहेको भन्दै नेता गौतमले यो अभियानको घोषणा गर्न लाग्नुभएको हो ।

प्रतिनिधिसभा विघटनको कदम गलत रहेको तर आफू नेकपाका दुबै समूहलाई मिलाएर अघि बढ्न सक्रिय हुने र कुनै पनि समूहमा नलाग्ने उहाँको भनाई छ ।

पहिले एकतामा आउन नसकेका र छरिएर रहेका विभिन्न कम्युनिष्ट तथा वाम–प्रगतिशील समूह एवं व्यक्तिहरुलाई पनि यो अभियानमार्फत एकतावद्ध गर्ने उद्देश्य राखिएको उपाध्यक्ष गौतमको सचिवालयले जनाएको छ ।

आफू प्रचण्ड–नेपाल समूह या ओली समूहमा नजाने भन्दै उहाँले पार्टी एकता अभियान सुरु गर्न लाग्नुभएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);