राजनीति गर्नेहरुको नारा थियो, गाउँगाउँमा सिंहदरबार पुर्‍याउने (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

राजनीति गर्नेहरुको नारा थियो, गाउँगाउँमा सिंहदरबार पुर्‍याउने (भिडियोसहित)

नेपालमा चुनावको समयमा विकासका लागि गाउँगाउँमा सिंहदरबार पुर्‍याउने नारा लागेको थियो । तर देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको अवस्था देख्दा भने यो नाराको औचित्यमाथि नै प्रश्न उठ्ने देखिन्छ । सिंहदरबारमा कर्मचारीहरु आफ्नो कुर्सीमा नबस्ने र राज्य स्रोतको दुरुपयोग गर्ने रवैया देखिएको छ । मुलुकका लागि गाउँगाउँमा सिंहदरबार पुग्नु भन्दा पनि केन्द्रकै सिंहदरबार सच्चिन आवश्यक रहेको देखिन्छ ।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार बिस्तारै कर्मचारीहरुको हाजिर गर्ने थलो जस्तो मात्र देखिँदै छ । सिंहदरबार जस्तो देशकै संवेदनशील प्रशासनिक केन्द्रमा कर्मचारीहरुको उचित व्यवस्थापन हुन नसक्दा हाजिरी पश्चात कुन कर्मचारी कहाँ जाने ? र कतिखेर फर्किने हो, त्यसको कुनै टुंगो हँुदैन । कर्मचारी टेबुलमा बस्दा समेत व्यस्त देखिँदैनन् । ठाउँठाउँमा झुण्डझुण्ड बस्ने अनि राजनीतिक गफ चुट्ने नै बहुसंख्यक कर्मचारीहरुको दैनिकी बनेको छ । देशको प्रमुख प्रशासनिक निकायको हालत यस्तो भएपछि देशैभरीको अवस्था कस्तो होला ? भनेर हामी सजिलै अनुमान गर्न सक्छौ ।

देशभरी नै प्रशासनिक निकायहरु उत्तरदायी हुन नसकेको व्यापक जनगुनासोका आधारमा माउन्टेन टेलिभिजनले रिपोर्टिङको लागि सिंहदरबार जाँदा सबैजसो मन्त्रालयहरु अस्तव्यस्त नै देखिए । झण्डै ११ बजेको आसपासमा पुगेको रिपोर्टिङ टोलीले देखेको अवस्था अनुसार भन्ने हो भने प्राय सबै जसो फाँटहरु खाली थिए । हिटर चलाएर राखिएको थियो, कर्मचारीहरु झुण्डझुण्डमा गफ गर्न व्यस्त रहेका थिए, क्यामेराको अगाडि बोल्न सक्ने अवस्थामा प्रायः कर्मचारीहरु थिएनन् । भेटिएका कर्मचारीसँग उनीहरुका सहकर्मी कर्मचारीको बारेमा सोध्दा माथि गएको, मिटिङमा गएको, तालिममा गएको, अनलाइन तालिमका लागि घरमै बसेको जस्ता जवाफहरु आएका थिए भने उता क्यान्टिनहरु भने भरिभराउ देखिन्थे । घाममा बसेर गफ गर्नेहरु निस्फिक्री गफमै मस्त थिए । काम गर्नै समूह अत्यन्त कम देखियो ।

देशको स्थायी सरकारको रुपमा पहिचान बनाएको राष्ट्रसेवक कर्मचारीको यो हाल भएपछि देशले उन्नति र प्रगतीको के आशा राख्न सक्छ ? सानो भन्दा सानो काम गर्न पनि महिनौं लगाउने भन्ने जनगुनासोलाई हेर्दा त्यो जनगुनासो नभएर वास्तविकता रहेको कुरा देखिन आयो । यतिखेर विकास गतिविधि तीव्र रुपमा अगाडि बढाउनुपर्ने अवस्था छ । सरकार राजनीतिमा रुमल्लिएको छ । यस्तो अवस्थामा देश सम्हाल्नुपर्ने राष्ट्रसेवकको अवस्था अत्यन्त चिन्ताजनक देखियो । यस्तो संम्यन्त्रले के उपलव्धि हासिल गर्न सक्ला ? सिंहदरबारमा बस्ने राष्ट्रसेवकहरुको धरालो को बसिदिने होला ? यिनिहरुलाई राष्ट्रिय जिम्मेवारी बोध होला कि नहोला ? प्रतिगमन सच्याउन भन्दै नेताहरुको पछि लाग्नमा उद्दत यो वर्गको काम प्रतिको उदासिनताले उनीहरुले सोचेको सपना उनीहरुले नै भनेको नेता आए भने पनि पूरा हुने अवस्था देखिँदैन । कर्मचारीतन्त्रमा व्यापक सुधारको खाँचो देखिएको छ ।

यस्तो प्रकारको संयन्त्र देशको लागि बोझ हो । राज्य संवेदनशील हुन जरुरी छ । राज्यलाई नै बोझ हुने अवस्थाबाट विकासको आशा गर्न सकिँदैन । सम्बन्धित मन्त्रीहरु राजनीतिमा व्यस्त, कर्मचारीहरु गफ गर्नमा व्यस्त, ठूला हाकिमहरु आआफ्ना दैनिकी एनजीओ, आईएनजीओ, मिटिङ, सेमिनार, देशविदेश घुम्नमा व्यस्त । यस्तै यस्तै अवस्थाहरुबाट गुज्रिएको राज्यको सबैभन्दा महत्वपूर्ण ठाउँ देशको लागि भने निकम्मा बन्दै गएको प्रति सम्बन्धित सबैको गम्भीर चासो आवश्यक छ । अझ सिंहदरबारभित्र असरल्ल राखिएका पुराना गाडीहरुले त वर्षाैदेखि सिंहदरबारलाई गिज्याई रहेको देखिन्छ । साधन र स्रोतको कुनै कमि छैन । पुरानो भएपछि गाडी पार्किङमा राखिदिने अनि आफूलाई मन लागेको गाडी छनोट गर्दै पदीय मर्यादा अनुसार ‘तर मार्ने’ प्रवृतिले देशको साधन र स्रोतको व्यापक दुरुपयोग बाहेक केही भएको देखिँदैन ।

आफू कार्यक्रममा भएपनि वा नभएपनि चलाइने विद्युतीय उपकरणहरु हिटर, एसी जस्ता सामानहरुमा खपत हुने विद्युत लगायतको प्रसंग उठाउनु सिंहदरबारको अगाडि सायद सुहाउँदैन नै । सबै प्रकारको राजनीतिलाई असफल बनाउने यो सिंहदरवार छलछाम र तिकडमको घेराबाट बाहिर निस्ँकिदै राजनीति गर्नेहरुलाई समेत मार्गदर्शन गर्नसक्ने हैसियतको हुने प्रतिक्षामा आम जनसमुदाय छन् । गाउँगाउँमा सिंहदरबार होइन, सहरकै सिंहदरबार रामो हुनुप¥यो । अहिलेको जस्ते सिंहदरबार गाउँमा कहिल्यै नजाओस् ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);