कोरोनाविरुद्धको खोप अभियान सुरु, संक्रमण नियन्त्रणमा आउने अपेक्षा (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

कोरोनाविरुद्धको खोप अभियान सुरु, संक्रमण नियन्त्रणमा आउने अपेक्षा (भिडियोसहित)

कोरोना महामारीले आक्रान्त बनाएको अहिलेको समयमा नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुने भएको छ । कोरोना महामारीका कारण विश्वले नै खोपका लागि प्रयास गरेपनि यही बीच नेपालले खोप ल्याउन सफल भएको हो । सरकारले कुटनैतिक तवरबाट गरेका प्रयासका कारण खोप आएको हो । संक्रमणको उच्च जोखिम भएकामा खोपको प्रयोग हुने भएकाले पनि यसले नेपालमा संक्रमणको दर कम गर्ने विश्वास गरिएको छ ।

कोरोना महामारी सुरु भएको करिब १४ महिना भैसक्यो । महामारीले नेपालसहित विश्वकै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई नराम्ररी प्रभाव समेत पारको छ । नेपाल मात्र नभइ बलियो अर्थतन्त्र भएका मुलुक समेत महामारीका कारण आर्थिक समस्यामा प¥यो । नेपालमा संक्रमणको सुरुआती दिनमा समस्या नदेखिए पनि भारतबाट नेपाल आउनेको संख्या बढेसँगै कोरोना संक्रमण ह्वात्तै बढेको थियो । महामारीका कारण आक्रान्त विश्वले यसअघि कोरोना भाइरस विरुद्ध रेमदिसिभिर लगायतको अनेक औषधिको खोज र प्रयोग गरेपनि ती औषधिले महामारीलाई नियन्त्रण गर्न सकेन ।

विश्वभर फैलिएको यो महामारी नियन्त्रणको एउटै उपाय भनेको खोपको विकास नै रहेको यकिन भएसँगै विश्व जगतले ठूलो धनराशी खर्चेर खोपको खोज र अनुसन्धान सुरु गरेको थियो । तर खोपको विकास प्रक्रिया लामो भएकाले खोप आउन समय लागेको बुझ्न सकिन्छ । तर खोपका लागि गरिएका प्रयासहरु सफल भएसँगै हाल विश्वमा बेलायत, रसिया र चीनले निर्माण गरेको खोपको परीक्षण सफल भएको छ । अन्तिम परीक्षण बाँकी नै रहेपनि यी खोपहरुले धमाधम प्रयोग अनुमति पाइसकेको छ । नेपालमा करिब ६० लाख जनतालाई खोप लगाउने सरकारको योजना छ । हाल नेपालमा कोरोनाविरुद्धको १० लाख डोज खोप आइसकेको र यो खोपले करिब ५ लाखलाई प्रयोग गर्न सकिने बताइएको छ ।

अहिले खोपका लागि विश्वमा प्रतिस्पर्धा चलिरहँदा नेपालले पहिलो चरणमै १० लाख डोज खोप पाउनु सकारात्मक हो । अहिले थुप्रै विकसित राष्ट्रहरु खोपका लागि आवश्यक धनराशी खर्चन तयार छ । तर नेपालले अनुदानमै यी खोप पाउनुको मुलकारण नेपालको सफल कुटनीति रहेको विश्लेषण भैरहेको छ । हाल प्रयोग गर्न लागिएको खोपसंख्या नेपालको जनसंख्याको तुलना गर्दा विकसित राष्ट्रकै हाराहारीमा रहेका छ । नेपालमा रहेको खोप सातै प्रदेशमा पठाइसकिएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोप अभियानको उद्घाटन गरेसँगै सातै प्रदेशमा खोप लगाउने काम सुरु हुने छ ।

खोप नेपाल आएको एक सातामा सम्बन्धित स्थानमा पठाउनु र खोप लगाउने फ्रन्टलाइनरको नामावली संकलन लगायतको सम्पूर्ण काम पूरा गर्नुले सरकार खोप वितरणमा गम्भीर रुपमा लागेको देखिन्छ । त्यसो त नेपालको खोप वितरण प्रणाली एसिया क्षेत्रकै उत्कृष्ट मानिन्छ । सोहीकारण कोरोनाविरुद्धको खोप अभियान नेपालमा तुलनात्मक रुपमा सहज भएको छ ।

यस्तैगरी सरकारले खोप आयातका लागि कानुन बनाउनुका साथै भन्सार प्रक्रिया सहज बनाइ खोप ल्याउनुलाई सरकारको उपलब्धी मान्न सकिन्छ । यही प्रक्रिया अनुसार सरकारले थप खोप आयातका लागि प्रक्रिया सुरु गरिसकेको छ । तीन चरणको परीक्षण पार गरि विश्वका थुप्रै मुलुकमा लगाउन सुरु गरिसकिएको यो खोप अहिलेसम्मको सुरक्षित मानिएको छ । यसले मुलुकका नागरिकलाई बचाउन महत्वपूर्ण भूमिका खेल्न आशा गर्न सकिन्छ । राम्रो कामको राम्रो प्रचार हुन सके काम गर्ने पक्षलाई थप काम गर्ने हौसला हुन सक्ने प्रति सबै पक्ष चनाखो हुन आवश्यक छ ।


Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);