प्रश्न उठेपछि संवैधानिक ईजलासबाट न्यायाधीश कार्की बाहिरिए | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

प्रश्न उठेपछि संवैधानिक ईजलासबाट न्यायाधीश कार्की बाहिरिए

काठमाडौं ,२२ पुष । न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले उहाँलार्ई यस अघि महान्यायधीवक्ता नियुक्त गर्नुभएको थियो।

महान्यायाधीवक्ता प्रधानमन्त्री तथा नेपाल सरकारको कानूनी सल्लहाकार हुने गर्छन प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफ्नो नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीश कार्कीसहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी तोकेका थिए ।बुधबार सुरु भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाए ।

कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाले अहिले यो मुद्धा हेर्दा स्वार्थ बाझिने उनीहरुको तर्क थियो ।त्यसपछि बहस रोकेर पाँच न्यायाधीश छलफलमा गएका थिए । लगतै न्यायाधीश कार्कीले यो मुद्दा नहेर्ने घोषणा गरेका छन् । अब कार्कीका ठाँउमा अर्को न्यायाधीश राखेर सबैधानिक ईजालस गठन हुने छ। सबैधानिक ईजलास साताको दुई दिन मात्र बस्ने ब्यबस्था छ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);