गृहमन्त्रीको नागरिकता मुद्दाका एक न्यायाधीश हेरफेर | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

गृहमन्त्रीको नागरिकता मुद्दाका एक न्यायाधीश हेरफेर

काठमाडौं, ११ माघ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दाको इजलासमा एक न्यायाधीश परिवर्तन भएका छन् । यसअघि इजलासमा रहेका प्रकाशमान सिंह राउत हटेर न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ संवैधानिक इजलासमा आएका छन् ।

संवैधानिक इजलासमा कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिल कुमार सिन्हा रहेका छन् । वैधानिक इजलासले नागरिकता मुद्दामा अग्राधिकार प्रदान गरेर २०७९ माघ ११ मा पुर्ण सुनुवाईका लागि पेश गर्न गत पुस २२ गते आदेश दिएको थियो ।

लामिछानेको नागरिकता विवादबारे संवैधानिक इजलासमा सूनुवाइ हुँदैछ । सर्वोच्च अदालतले जिल्ला प्रहरी परिसर काठमाडौेंले अनुसन्धान गरिरहेको फाइल पनि झिकाएको छ । २०७५ असार ६ मा लामिछानेले अध्यागमन विभागमा पेस गरेको कागजात र मंसिर १३ मा उम्मेदवारी सम्बन्धमा निर्वाचन आयोगले गरेको निर्णयको सक्कल प्रति पनि झिकाएको छ । विदेशको नागरिकता त्यागेपछि नागरिकता ऐन–२०६३ को दफा ११ को प्रक्रियामा गएर फेरी नागरिकता लिनुपर्ने रिट दायरकर्ताहरुको दाबी छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);