प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदै

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ आज संवैधानिक इजलासमा हुँदैछ।

शुक्रबार र आइतबारको सुनुवाइ इजलास गठनमा केन्द्रित भएपछि आजदेखि रिटमा केन्द्रित बहस हुने भएको हो । तर इजलासमा रहेका न्यायाधीश नै विभाजित भएपछि आजको संवैधानिक इजलास कस्तो हुन्छ भन्नेमा भने सबैको चासा देखिएको छ ।

इजलासमा रहेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठ इजलासबाट बाहिर बस्न अस्वीकार गरेपछि सोमबार यस सम्बन्धि निर्णय आउन सकेन । इजलासबाट हट्नुपर्ने वकिलहरूको मागलाई दुवैले अस्वीकार गरेका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको रोष्टरमा रहेका सबै १३ न्यायाधीश बसेर यस विषयलाई टुंगाउनुपर्ने बताए पनि उक्त प्रस्तावलाई प्रधानन्यायाधीश राणाले अस्वीकार गरका थिए ।

संवैधानिक इजलास कै विषयमा विवाद बढेपछि न्यायाधीशद्वय कार्की र भट्टराईले रोष्टरमा रहेका न्यायाधीशसँग सोमबार छलफल गरेपनि आज निर्णयमा पुग्ने बताइएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ रहेका छन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);