प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराले विघटन विरुद्धका परेका १९ वटा रिटलाई बिहीबार संवैधानिक इजलासमा पठाउने आदेश गरेसँगै सबै रिट संवैधानिक इजलासबाट सुनुवाइ हुने भएका हुन् ।

३० वटा निवेदनमध्ये जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर सुनुवाइ हुनेछ । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

आज बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित ५ जना न्यायाधीश रहन्छन् ।

प्रधान न्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर दायर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यका साथ दाबी पेश गर्दा समेत प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १ सय ४६ जना सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदातलमा रिट दर्ता गराउनुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);