प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८३, मंगलबार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठ सदस्य छन् ।

३० वटा निवेदनमध्ये जबराको एकल इजलासले पठाएका १९ र संवैधानिक इजलासमा सुनुवाइको माग गरेर दर्ता गरिएका ११ वटा रिट उपर सुनुवाइ हुनेछ । रिट निवेदकले तत्कालन संसद पुनः स्थापना गर्न अन्तरिम आदेशको माग गरेका छन् ।

आज बस्ने संवैधानिक इजलासले निवेदकको माग अनुसार अन्तरिम आदेश दिने की नदिने भन्नेबारे निर्णय गर्नेछ ।

प्रधानन्यायाधीशले आफूसहित रोष्टरमा रहेका सिनियर न्यायाधीश मध्येबाट इजलास गर्ने कानुनी व्यवस्था छ । अधिकांश रिट कानुन व्यवसायीहरुले सार्वजनिक सरोकारको विषय पिआइएलको अधिकार प्रयोग गरेर दायर गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यका साथ दाबी पेश गर्दा समेत प्रधानमन्त्रीमा नियुक्त नगरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित प्रतिनिधि सभाका १ सय ४६ जना सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने माग गर्दै सर्वोच्च अदातलमा रिट दर्ता गराएका थिए ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुँदै

Leave a Reply