प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाई सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि सर्वोच्च अदालतमा आजदेखि सुनुवाई सुरु

SUPREME_COURT

काठमाडाैं, २२ पुष । प्रतिनिधिसभा विघटनबिरुद्ध परेका रिट निवेदनहरुमा सर्वाेच्च अदालतको सम्बैधानिक इजलासमा आजदेखि सुनुवाइ शुरु भएको छ । सर्वोच्चले मुद्दाको बहसका लागि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको नेतृत्वमा न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीसहितको संवैधानिक इजलास गठन गरेको छ । सर्वोच्चले रिटमा आजबाट निरन्तर सुनुवाइ गर्ने निर्णय गरेको छ ।

संवैधानिक इजलास हरेक बुधबार र शुक्रबार मात्रै बस्ने गरेकाले यसको आदेश आउन अझै केही समय लाग्ने आँकलन गरिएको छ । गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि विघटन गरी आगामी बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन घोषणा गर्नुभएको थियो । प्रधानमन्त्री ओलीको कदम असंम्बैधानिक भएको भन्दै प्रतिनिधि सभा बिघटन बिरुद्ध सर्वाेच्चमा १३ वटा रिट निबेदन परेका छन् ।

दुई तिहाइ बहुमत नजिक रहेको प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको सिफारिस गर्न नसक्ने जिकीर रिट निवेदकको रहेको छ । पुस १० गते प्रधानन्यायाधीश जवराको नेतृत्वको इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दामा आजदेखि निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

सर्वाेच्चले यस अघि पुष १९ गते राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा लगायतसँग लिखित जवाफ पेश गर्न आदेश दिएको थियो । सोही अनुसार जवाफ पेश पनि भैसकेको छ । प्रतिनिधिसभा विघटनसँगै नेपालको सबैभन्दा ठूलो पार्टी नेकपा पनि विभाजनको डिलमा पुगेको छ । यो अवस्थामा सर्वोच्चले के आदेश दिन्छ भन्ने सर्वत्र चासो छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);