जबरजस्ती करणी मुद्धामा दोषी ठहरीय दुई प्रहरी, कैद सजायको फैसला | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

जबरजस्ती करणी मुद्धामा दोषी ठहरीय दुई प्रहरी, कैद सजायको फैसला

नवलपरासी, २२ पुष। बलात्कारमा संलग्न दुई प्रहरीलाई जिल्ला अदालत पश्चिम नवलपरासीले दोषी ठहर गर्दै कैद सजायको फैसला सुनाएको छ ।

लुम्बिनी प्रदेश दंगा नियन्त्रण गण सुनवलमा कार्यरत दाङका २३ वर्षीय पटेश्वरी यादव र डडेल्धुराका २५ वर्षीय प्रेम खड्कालाई जबरजस्ती करणी मुद्धामा दोषी ठहर गर्दै कैद जिल्ला अदालतले सजायको फैसला सुनाएको हो ।

न्यायाधिश अशोक कुमार बस्नेतको ईजलाशले यादवलाई १२ र खड्कालाई ७ वर्षको कैद सजाय फैसला सुनाएको अदालतका श्रेस्तेदार प्रेम प्रसाद पौडेलले जानकारी दिनुभयो ।

दंगा नियन्त्रण गण सुनवल नजिकै घाँसपात गर्न आएका १५ वर्ष कि बालिका र १८ वर्ष कि युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा गत वर्षको जेठमा उनीहरु विरुद्ध मुद्धा दायर भएको थियो । दुबै प्रहरीलाई मङ्गलबार जिल्ला कारागार परासी चलान गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);