प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजदेखि पुनः सुनुवाई हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दामा आजदेखि पुनः सुनुवाई हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाईले संवैधानिक इजलासमा आइतबारदेखि पुनः निरन्तरता पाउँदै छ ।

संवैधानिक इजलासमा शुत्रबारदेखि सुरु भएको सुनुवाई समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको थियो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा. आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको इजलासमा शुक्रबार बहस सुरु भएको थियो ।

प्रधानन्यायाधीश जबराको एकल इजलासले बिहीबार १९ वटा रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि थप सुनुवाइका लागि संवैधानिक इजलासमा पठाउने आदेश जारी गरेको थियो । उक्त आदेशसँगै सो विवादका ३० वटै रिट निवेदनमाथि सुनुवाइ शुक्रबारदेखि सुरु भएको हो ।

निवर्तमान प्रतिनिधिसभाका सदस्य १४६ सहितका २६ रिट निवेदन संसद पुनःस्थापन गर्नुपर्ने पक्षमा छन् भने प्रधानमन्त्री ओलीलाई नै पुनः नियुक्ति गर्नुपर्ने माग गर्दै चार रिट निवेदन दर्ता गराएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);