राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष गर्ने पाँच विपक्षी दलको निर्णय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध संघर्ष गर्ने पाँच विपक्षी दलको निर्णय

काठमाडौं । विपक्षी पाँच राजनीतिक दलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमविरुद्ध कानुनी लडाइँसँगै राजनीतिक रूपमा पनि प्रतिवाद गर्ने निर्णय लिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा भएको बैठकले कोरोना महामारीबाट सुरक्षित हुँदै राजनीतिक तहबाट असंवैधानिक कदमको विरोध गर्ने तय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

बैठकमा वैधता गुमाएको कामचलाउ सरकारले पूर्ण आकारको बजेट ल्याएको प्रति पनि विपक्षी गठबन्धनका नेताहरुले विरोध जनाएका छन् ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले (खनाल–नेपाल समूह) नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

नेताहरूले आफनो असंवैधानिक कदमका विरुद्ध सडक प्रदर्शन हुने डरले प्रधानमन्त्री ओलीले निषेधाज्ञालाई कडा बनाएको निष्कर्षसमेत निकालेका थिए ।

कोराना महामारी नियन्त्रण र रोकथामका अन्य उपाय अबलम्बन नगरी नागरिक अधिकार कुण्ठित पार्ने गरी निषेधाज्ञालाई मात्रै जोड दिएको विपक्षी गठबन्धनको ठहर छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);