सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आन्दोलन जारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८३, शुक्रबार

सरकार गठनको विरुद्धमा सात राजनीतिक दलहरुको आन्दोलन जारी

काठमाडाैं । मधेस प्रदेशको सरकार गठनविरुद्ध जनकपुरधाममा सात राजनीतिक दलले आइतबार पनि आन्दोलनको कार्यक्रमलाई निरन्तरता दिएका छन् । मधेस प्रदेशको सरकार असंवैधानिक तवरले गठन गरिएको र मुख्यमन्त्रीको बर्खास्तीको माग गर्दै उनीहरूले मधेस भवन अगाडि धर्नामा बसेका हुन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य भरत साहले आफूहरूको विरोध तत्कालिन प्रदेश प्रमुखको असंवैधानिक कदमविरुद्ध रहेको बताउनुभयो । उहाँले सर्वोच्च आदलतले मुख्यमन्त्री नियुक्तिको विषयमा गर्ने फैसला मधेसी जनताको पक्षमा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका प्रमुख सचेतक कुमारकान्त झाले समेत सर्वोच्चको फैसलालाई आफूहरु सम्मान गर्ने बताउनु हुँदै त्यसपछि आफूहरु सात दलीय गठबन्धनले छलफल गरी आन्दोलनको स्वरुपको विषयमा छलफल गर्ने बताउनुभयो ।

सात दलीय गठबन्धनमा नेपाली काँग्रेस, जसपा, नेपाल, जनमत पार्टी, नेकपा (माओवादी केन्द्र), लोसपा, नेपाल, नेकपा (एकीकृत समाजवादी) र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । आइतबार उनीहरु नेपालको राष्ट्रिय झण्डा बोकेर धर्नामा बसेका हुन् ।

Leave a Reply