अध्यादेश फिर्ता लिई तत्काल संसद बैठक बोलाउन कांग्रेससहित विपक्षी दलको माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

अध्यादेश फिर्ता लिई तत्काल संसद बैठक बोलाउन कांग्रेससहित विपक्षी दलको माग

congress-chaya sarkar

काठमाडौं, १० वैशाख । प्रमुख प्रतिपक्ष कांग्रेससहित विपक्षी दलहरुले सरकारले ल्याएका अध्यादेशले लोकतान्त्रिक मूल्य र मान्यता समाप्त पारेको भन्दै तत्काल फिर्ता लिन माग गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विपक्षी दलहरुको बैठकले तत्काल संसद अधिवेशन बोलाउने सहितका ६ बुँदे सरोकारका विषय अघि सारेका हुन् ।

कांग्रेसले बोलाएको विपक्षीहरुको बैठकमा समाजवादी, राजपा र राप्रपाका नेताहरुको सहभागिता रहेको थियो । बैठकपछि कांग्रेस वरिष्ठ नेता सामचन्द्र पौडेलले सरकारले ल्याएको राजनीतिक दल र संवैधानिक परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धी अध्यादेशले प्रधानमन्त्री केपी ओली निरंकुश बाटोमा अघि बढ्न खोजेको निष्कर्षसमेत निकालेको बताउनुभयो ।

कोरोना भाईरसको संक्रमणका कारण आम जनजीवन अस्तव्यस्त भएको र नागरिकको दुःखप्रति सरकार संवेदेनशील नभएको भन्दै विपक्षीहरुले जनविरोधी कदमविरुद्ध लाग्न सबैसँग अपिलसमेत गरेको छ । राजपाका संयोजक शरतसिंह भण्डारीले सरकारले दुबै अध्यादेश गलत मनसायका साथ ल्याएको उल्लेख गर्नुभयो ।

बैठकले सरकारको जनविरोधी कदमविरुद्ध अर्को बैठक चाँडै नै बोलाउने र त्यसमा नागरिक समाजका अगुवाहरुलाई समेत सहभागिता गराउने निर्णय गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);