कांग्रेससहित सबै विपक्षी दलको संयुक्त बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कांग्रेससहित सबै विपक्षी दलको संयुक्त बैठक बस्दै

congress-chaya sarkar

काठमाडौं, १० वैशाख । नेपाली कांग्रेसले आज संसदमा प्रतिनिधित्व गर्ने सबै विपक्षी दलको संयुक्त बैठक आह्वान गरेको छ । सरकारले जारी गरेको दुई विवादित अध्यादेशबारे संसदमा रहेका विपक्षी दलहरुसँग छलफल गरेर साझा धारणा तय गर्न संयुक्त बैठक आव्हान गरेको कांग्रेसले जनाएको छ ।

बैठक कांग्रेसको पार्टी कार्यलय सानेपामा केहीबेर पछि बस्दैछ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरु समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, राजपा र राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाका तर्फबाट अध्यक्ष वा संयोजक सहित तीन –तीन जना सहभागी हुने बताइएको छ ।

कांग्रेसले पार्टी फुटाउन सहज हुने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश र बहुमतबाटै निर्णय गर्नसक्ने गरी आएको संवैधानिक परिषदको कार्यविधिसम्बन्धी अध्यादेशको विरोध गर्दै तत्काल फिर्ता लिन माग गर्दै आएको छ ।

यसै विषयमा मंगलबार बसेको कांग्रेस पदाधिकारी बैठकले सरकार शक्ति पृथकीकरणको सिद्धान्तको मर्म र भावनालाई समेत समाप्त पार्ने दिशामा केन्द्रित रहेको निचोड निकालेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);