प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयासमा छन् : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयासमा छन् : प्रचण्ड

dwandakalin-prachanda

काठमाडौं, १० वैशाख । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताउनु भएको छ । पार्टीको ७१ औं स्थापना दिवसको अवसरमा बुधबार प्रेस वक्तव्य जारी गर्दै दाहालले उक्त कुरा बताउनु भएको हो ।

अध्यक्ष दाहालको विज्ञप्तिमा प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार भएको उल्लेख छ । उहाँले पार्टीलाई अझै सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गरेका छन् ।

पार्टी एकतालाई थप सुदृढ बनाउन सकिने उल्लेख गर्दै दाहालले यस दिशामा सकारात्मक र रचनात्मक योगदानका लागि सम्पूर्ण नेता–कार्यकर्तालाई अपील गर्नुभएको छ ।

विश्वव्यापी महामारीका रुपमा देखिएको कोरोना भाइरस मानव जातिकै लागि नयाँ चुनौतीका रुपमा उभिएको भन्दै दाहालले सरकारको प्रयाससँग सहकार्य गरी विज्ञहरुले सुझाएका सुरक्षाका उपायहरुलाई अवलम्बन गर्दै एकतावद्व संघर्षमा होमिन नेकपाका सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक र जनसमुदायमा अपील गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);