प्रधानमन्त्रीद्वारा पार्टीको आन्तरिक एकता थप सुदृढ तुल्याउने विश्वास व्यक्त | ईमाउण्टेन समाचार

Our Network

माघ १७ २०७९, मंगलबार

प्रधानमन्त्रीद्वारा पार्टीको आन्तरिक एकता थप सुदृढ तुल्याउने विश्वास व्यक्त

kp oli

काठमाडौं, १० वैशाख । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याइने बताउनु भएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा बुधबार वक्तव्य जारी गर्दै ओलीले यो दिवसले पार्टीको आन्तरिक एकतालाई थप सुदृढ तुल्याउन र विगत दुई वर्षदेखि जारी एकता प्रक्रियालाई अन्तिम निष्कर्षमा पुर्याउन प्रेरणा दिने विश्वास व्यक्त गर्नु भएको छ ।

प्रधानमन्त्री ओलीले बितेका यी वर्षमा नेकपाले निरन्तर रुपमा जनतालाई जागृत र संगठित गर्दै आएको तथा अनेकन् आरोह–अवरोह र हण्डर–ठक्करको सामना गर्दै संघर्षको नेतृत्व गरिरहेको स्मरण गर्नुभएको छ ।

७१ वर्ष पहिले आजकै दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । आजकै दिन विश्वमा परिवर्तनको नेतृत्व गर्ने ऐतिहासिक व्यक्तित्व लेनिनको जन्म भएको थियो ।

नेपालमा २००६ साल वैशाख १० गते पुष्पलालको नेतृत्वमा नेकपाको स्थापना भएको थियो भने वर्तमान सत्तारुढ नेकपाको गत २०७५ जेठ ३ गते एकता भएको थियो ।