तिहारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुबाट शुभकामना व्यक्त, | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तिहारको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीर्ष नेताहरुबाट शुभकामना व्यक्त,

काठमाडौं, १ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार पर्वले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुयाउने विश्वास व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले हिन्दूको महान् चाड तिहारका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका लागि आज शुभकामना दिनुभएको हो । यस वर्षका सबैजसो चाडपर्व कोरोना महामारीका कारण आफू र आफ्ना परिवारका सदस्य र समाजको वृहत् सुरक्षालाई ध्यान दिई मनाउन उहाँले आग्रह गर्नुभएको छ ।

तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति¸ मानव जीवन र प्राणी जगतको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्नाका साथै दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने तथा देउसीभैलो खेल्ने विशुद्ध नेपाली संस्कृतिले बृहत् सामाजिक एकतालाई प्रगाढ बनाउन मद्दत पुर्याउउने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गर्नुभएको छ । नेपाल सम्वत् ११४१ र भाइटीकाको अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले एकता मार्फत् नै समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न समर्थ हुने बताउनुभयो ।

त्यस्तै नेकपाका अध्यक्ष प्रमुख पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राप्रपा अध्यक्ष कमल थपा लगायतका शीर्ष नेताहरुले समेत शुभकामना व्यक्त गर्नुभएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);