काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आजदेखि खुल्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आजदेखि खुल्ने

काठमाडौं १ मंसिर । काठमाडौंको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर यस वर्षदेखि सर्वसाधारणको लागि खुला हुने भएको छ ।

पाँच वर्षअघिको भूकम्पले क्षतिग्रस्त भएपछि बन्द भएको मन्दिर पुनःनिर्माण सम्पन्न पश्चात आज पहिलो पटक खुल्ने लागेको हो ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ । दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन् । यसैगरी जयबागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

यस वर्ष मङ्सिर २ गते बिहान पनि केही समय द्वितीया तिथि रहेकाले नेवार समुदायका केही समूहले भाइटीका लगाउँदै छ । मङ्गलबार पनि किजापूजाका लागि सरकारले सार्वजनिक बिदा दिएको छ ।
०००

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);