रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ५ वर्षपछि पहिलो पटक खुल्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर ५ वर्षपछि पहिलो पटक खुल्यो

काठमाडौं, १ मंसिर । हरेक वर्ष भाइटीकाका दिन खुल्ने काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर भूकम्पले क्षतिग्रस्त भएपछि पहिलो पटक सोमबार खुला गरिएको छ ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षतिग्रस्त रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर ५ वर्षपछि सोमबार खुला गरिएको हो । यो मन्दिर वर्षमा एकदिन मात्रै खुला हुने गर्दछ ।तर भूकम्पपछि भने ५ वर्ष सम्म खुल्न सकेको थिएन ।

दिदीबहिनी नहुनेहरुले भाइटीकाका दिन बालगोपालेश्वर मन्दिरमा टीका लगाउने चलन रहेको छ । ५ वर्षपछि पुनः बालगोपालेश्वरको दर्शन गरी भाइटीका लगाउन पाउँदा सर्वसाधारणले खुसी ब्यक्त गरेका थिए ।

कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर दर्शनको व्यवस्था गरिएको छ । भीड व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकाले स्वयमसेवक समेत परिचालन गरेको छ । फरक समुदायअनुसार मंसिर १ र २ गते दुई दिन भाइटीका लगाउने भएकाले मंगलबार पनि मन्दिर खुला हुने जनाइएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २७ करोड रुपैयाँ खर्चेर कात्तिक महिनामा रानीपोखरी पुनर्निर्माण सम्पन्न गरेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले गएको कात्तिक ५ गते रानीपोखरी उदघाटन गर्नुका साथै बालगोपालेश्वरको प्राणप्रतिष्ठा पूजा गर्नुभएको थियो ।

विक्रम संवत् २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुल्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);